You are viewing the translated version of आर्थिक कार्यविधि सम्बन्धी आन्तरिक निर्देशिका बनाउन सकिने.

Rule 130
आर्थिक कार्यविधि सम्बन्धी आन्तरिक निर्देशिका बनाउन सकिने
(१) आफ्नो मन्त्रालय अन्तर्गत सञ्चालित आयोजना वा कार्यसँग सम्बन्धित आर्थिक कारोबारलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्न त्यस्तो मन्त्रालयले यस नियमावलीको अधीनमा रही महालेखा नियन्त्रक कार्यालयमार्फत अर्थ मन्त्रालयको सहमति लिई आर्थिक कार्यविधि सम्बन्धी आन्तरिक निर्देशिका बनाई लागू गर्न सक्नेछ।
(२) विशेष कानूनद्वारा गठित संस्था वा प्रदेश तथा स्थानीय तहले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली वा विनियमावली बनाउँदा यसको प्रतिकूल नहुने गरी बनाउनु पर्नेछ।